Bisal Chautari Logo

‘एक्टर’बाट राजवल्लभको कमब्याक पक्का

- ५ माघ २०८०, शुक्रबार १७:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० माघ ५ शुक्रवार ।
चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ हलमा लागिरहँदा नायक राजवल्लभ कोइरालालाई दर्शकले निकै संझिए । चलचित्र ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी अभिनेत्रि राम्रैसँग छाए । उनले अभिनय गरेका चलचित्रले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको तारिफ धेरै भयो । तर, चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका लागि राजवल्लभ अमेरिका पुगे ।

यसपछि, भने उनले नेपाली चलचित्रमा निरन्तरता दिन सकेनन् । अब, उनै नायक चलचित्र ‘एक्टर’बाट चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । अभिनेत्रि प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो चलचित्रमा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । चलचित्रमा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ । यो चलचित्रको छायांकन केही महिनामा नै सुरु हुनेछ । चलचित्रलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् ।

चलचित्र ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् । आना र प्रदीपकोे जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

प्रतिक्रिया