Bisal Chautari Logo

सन्दीपको करियर डामाडोल, गौशाला २६ को पहिचान खुलाउने विरुद्ध उजुरी 

- २७ पुष २०८०, शुक्रबार २१:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० पौष २७ शुक्रवार ।
क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक भएकोबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । त्यसबारे उजुरी आएपछि अनुसन्धान थालिएको ब्युरोका एसपी पशुपति रायले बताए ।

बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेसँगै पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै तस्बिर र नाम ठेगाना सार्वजनिक गरेका हुन् । एसपी राय भन्छन्– ‘सार्वजनिक गर्ने व्यक्तिहरूको आइडेन्टिफाइ गर्दै छौं ।’

त्यसरी फोटो र नामथर सार्वजनिक गर्नेलाई गोपनियतासम्बन्धी कसुरमा पनि कारबाही हुने व्यवस्था छ । २०७५ भदौमा बन्द प्रशिक्षणमा रहेका बेला लामिछानेले पीडित किशोरीलाई भेटेका हुन् ।

प्रतिक्रिया