Bisal Chautari Logo

बाबु र छोरीको सम्बन्ध बोल्ने चलचित्र ‘चित्रा’को टिजर

- ४ पुष २०८०, बुधबार ११:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं २०८० पौष ४ बुधवार।
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को टिजर सार्वजनिक भएको छ ।

विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । चलचित्रको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ ।

सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ ।

टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ ।

चलचित्रमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ ।

महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रमा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको चलचित्रमा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।

चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । यस्तै, अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

प्रतिक्रिया