विशाल चौतारी समाचार
काठमाडौं, २०८० मंसिर १६ शनिवार। अभिनेता प्रदीप खड्का बलिउड चलचित्रमा देखिने भएका छन्। ‘ऐरी’ मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन्।
मंगलबार निर्माण टिमले टिजर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेका हुन्। सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ।
चलचित्रका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ। प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार चलचित्रमा अधिकांश भारतीय कलाकार रहनेछन्।
जीवन थापाले निर्देशन गर्ने चलचित्रमा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन्।
यो चलचित्रको छायांकन भारतमै हुनेछ। चलचित्र हिन्दीसहित विभिन्न भाषामा पनि निर्माण हुने बताइएको छ।
प्रतिक्रिया