Bisal Chautari Logo

‘परदेशी २’ सुपरहिट भएपछि मख्ख वर्षा सिवाकोटी

- १५ कार्तिक २०८०, बुधबार १९:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
लण्डन, २०८० कार्तिक १५ बुधवार।
अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली चलचित्र क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । । डेव्यु चलचित्र ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस चलचित्र लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको ।

आफुले अभिनय गरेका चलचित्र असफल भएपनि वर्षालाई चलचित्रको अभाव भने भएन । उनले हरेक बर्ष १ र २ वटा चलचित्रमा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक चलचित्रमा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएन् ।

वर्षाले अभिनय गरेको चलचित्र ‘परदेशी २’ यो बर्ष सुपरहिट भएको छ । नारायण रायमाझि निर्देशित यो पारिवारिक तथा सामाजिक चलचित्रले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि खुबै तारिफ भैरहेको छ । उनले चलचित्रमा निवार्ह गरेको लुजाको भुमिका दर्शकले निकै रुचाएका छन् ।

दशैंको छेको पारेर रिलिज भएको चलचित्र ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ । अबका दिनमा आफुले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ ।

आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ ।

कलाकारको हरेक बर्ष रिलिज हुने सबै चलचित्र चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।

समीक्षकले समेत चलचित्रमा अभिनयको कुरा गर्दा वर्षा र डेव्यु अभिनेता प्रकास सपुतको बढी तारिफ गरेका छन् । फिल्मकी अर्की अभिनेत्री केकीले पनि फिल्ममा संझनलायक काम गरेकी छिन् । तर, चलचित्रको प्रचारमा केही छायांमा परेकी वर्षा चलचित्र रिलिज पश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन् ।

प्रतिक्रिया