Bisal Chautari Logo

’आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक

- २६ आश्विन २०८०, शुक्रबार १४:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज २६ शुक्रवार ।
गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा सागर आलेले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा कमल सौरागको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा राजेश पुमा राईको निर्देशन भिडियोमा रहेको छ । ’ आँखा जुध्यो’ गीतको भिडियोमा मालिका महत र कुसाङ बोमजनको फिचरिङ रहेको छ ।

प्रतिक्रिया