Bisal Chautari Logo

चलचित्र ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक

- २६ आश्विन २०८०, शुक्रबार १४:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज २६ शुक्रवार।
  चलचित्र ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जीन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा संगीत पनि आशिषले नै तयार पारेका छन् । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उनिहरूको चलचित्र परिवारलाई देखाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको यो चलचित्रमा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह(निर्माता लक्ष्मण बानियाँ हुन् । यो चलचित्रको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा भिम विश्वकर्माको सम्पादन छ ।

बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ । यो फिल्मले वित्तिय ऋणको चपेटामा परेको एक शिक्षकको परिवारको कथा बोल्छ ।

प्रतिक्रिया