Bisal Chautari Logo

‘फर्कि फर्कि’मा अनमोल र जसितापछि सम्वृद्धि र रवि पनि

- १९ आश्विन २०८०, शुक्रबार १५:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज १९ शुक्रवार ।
अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । यो चलचित्रको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ । यो चलचित्रमा अनमोलको जोडीको रुपमा जसिता गुरुङले काम गर्दैछिन् । यो चलचित्रको कथालाई अनमोलले निकै मन पराएको वुझिएको छ । अनमोलले लामो समयदेखि यो चलचित्रको पटकथा लिएर तयारी गरिरहेका छन् ।

यसैबिच, चलचित्रमा अब अडिसनबाट २ नयाँ कलाकारलाई छनोट गरिएको छ । अनमोल र जसितापछि मुख्य भूमिकामा चलचित्रमा सम्वृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको हो । निर्माता अधिकारीले दुबै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताए । दुई नयाँ कलाकार भित्रिएपछि चलचित्रले २ जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।

नरेन्द्र मैनालीको छायांकन रहने चलचित्रमा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । यो चलचित्र  निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो चलचित्रले सपना र विपनाविचको कन्फ्यूजनको कथा भन्नेछ । नायक अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।

प्रतिक्रिया