विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, ३१ आइतवार । अभिनेता पल शाहको कथा र कन्सेप्ट र चर्चित सिनेमाटोग्राफर अर्जुन तिवारीको पहिलो निर्देशनमा ‘मायाले दिएको एक सुक्का’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको गीतमा डीपी खनालको शब्द रहेको छ । हरि लम्सालको संगीत र संगीत संयोजन तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।
सार्वजनिक भिडियोमा मोडल रियाशा दाहाल र पर्दा पछाडी काम गर्ने लाईटम्यान मनोज पौडेल खत्री फिचर्ड छन् । अर्जुनको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ, सरिता मगरको मेकअप, आश्री क्रिएसनको कष्ट्युम र मनोज जोशीको प्रोडक्सन छ । भिडियो कृति आर्टस्बाट रिलिज गरिएको हो ।
प्रतिक्रिया