Bisal Chautari Logo

चलचित्र ‘कैदीको पत्र’को गीत सार्वजनिक

- ४ बैशाख २०८०, सोमबार २०:३२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख ४, सोमवार ।
नेपाली चलचित्र ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक भएको छ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा यसका प्रमुख कलाकारहरु पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ। यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।

https://youtu.be/7GGf0SxKCeo

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्। प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो।

यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

यस चलचित्रका गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको छ भने प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ। चलचित्रको मार्केटिंग श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रतिक्रिया