बिशाल राई
काठमाडौं, २०७९ फागुन २३, मंगलबार । अभिनेता पल शाहले आफ्नो घटनासँग जोडिएका सबैसँग सम्मान र सद्भाव रहेको बताएका छन् । फागु पूर्णिमा होलिको दिन पलले सामाजिक संञ्जाल फेसबुकमा १ वर्षपछि पहिलो चोटि आफ्नो फ्यानहरुका लागी सम्बोधन गर्दै उक्त घटनासँग सम्बन्धित व्यक्तिहरुलाई गाली गलौच नगर्न समेत पलले आग्रह छन् ।
परिवारि र नजिकका साथिहरुसँग होलि मनाएपछि परिवार सहितको फोटो सेयर गर्दै पलले लेखेका छन्,
नमस्कार सबैजनालाई ????
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। ????
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा !❤️
पल शाह तनहुँ कारागारबाट गत साता रिहा भएका हुन् । पल अहिले परिवारसँग समय बिताइरहेका छन् ।
प्रतिक्रिया