Bisal Chautari Logo

भारतमा ‘रेलको बाटो’ले अवार्ड पाएपछि चिरन्जीवीले लेखे ‘नेपाली अवार्डले नाचिनेको मेहनत, अन्तराष्ट्रले चिन्यो’

- १४ फाल्गुन २०७९, आईतवार १६:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन १४, आइतबार ।
भारतको प्रतिष्ठित चलचित्र महोत्सव मध्ये एक ‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो सँस्करणमा नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ उत्कृष्ट भएको छ । यसले उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितेको छ ।

अन्तराष्ट्रिय रुपमा अवार्ड पाएपछि यस भिडियोका कलाकार चिरन्जीवी सापकोटाले फेसबुकमा लेखेका छन् :-

नेपाली अवार्डले नाचिनेको मेहनत, अन्तरास्ट्रले चिन्यो⚡️🤟
५ वटा विधामा अवार्ड जितेको खुशी सबैलाई समर्पित
भारतको चिर- परिचीत ‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा म्युजिक भिडियो बिधा अन्तर्गत ” रेलको बाटो गितले उत्कृष्ट म्युजिक भिडियो/ उत्कृष्ट भिडियो निर्देशक / उत्कृष्ट शब्द / उत्कृष्ट अभिनेता तथा उत्कृष्ट अभिनेत्रीमा अवार्ड जित्न सफल भएको कुरा तपाईहरु माझ भन्न पाउँदा निकै खुसी महसुस गरेको छु । हामीले गरेको कामको उत्कृष्ट मुल्यांकन गरिदिनु हुने जज तथा आयोजक टिम प्रति विशेष बिशेष धन्यवाद💗🙏🙏

लक्ष्मण सुनार निर्देशित तथा चिरन्जीवी सापकोटा अभिनित भिडियो ‘रेलको बाटो’ महोत्सवको प्रेरक म्युजिक भिडियो श्रेणी अन्तर्गत विजेता बनेको हो । यो भिडियो २१ मार्च २०२१ मा यूट्युबमार्फत रिलिज भएको थियो।यसमा लेखराज गिरीको शब्द एवं सुरज पण्डितको स्वर तथा संगीत रहेको छ भने भिडियोमा चिरिन्जिवीसँगै सरस्वति खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ । गीतको अडियो तथा भिडियोमा नेपालको विकट स्थानहरुको सडकहरुको दयनिय अवस्था र राज्यले बाँडिरहेको रेलको सपनाबारे उल्लेख गरिएको छ । कुनै पनि देशका कुनै पनि भाषामा बनेका फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा प्रेरक म्युजिक भिडियोले उक्त महोत्सवमा भाग लिन पाउँछन् । यो महोत्सव फेब्रुअअरी २१ देखि २३ सम्म भारतको महाराष्ट्रमा आयोजना भएको थियो ।

प्रतिक्रिया