Bisal Chautari Logo

‘मनसँग मन’को टिजरमा वर्षाका लागि छल्किएको पुष्पको प्रेम

- २ माघ २०७९, सोमबार २३:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ २, सोमबार ।
माघको २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ ।

यो फिल्मको टिजरमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई देखाइएको छ । टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिश मेकरले गरेका छन् ।

यो फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।

फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ । 

प्रतिक्रिया