Bisal Chautari Logo

हरर फिल्म ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

- ६ पुष २०७९, बुधबार २१:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ पौष ६, बुधबार ।
फिल्म ‘चि मुसी चि : इभन डेड डिजाइर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । आज बुधबार राजधानीमा प्रेसमिट गर्दै मल्टिस्टारर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सत्य घटनामा आधारित भनिएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल र आयुष्मान देशराज जोशीको मुख्य भूमिका छ । विभूति नेपाल र विज्ञ नेपालले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् । मण्र्य जेम्स र यश सैनीको निर्देशन र पटकथा छ । सुसन प्रजापतिको छायांकन, यश सैनीको सम्पादन छ । फिल्मलाई रिञ्जु केसी र अरुण चक्रवर्तीले निर्माण गरेका हुन् । ‘चि मुसी चि : इभन डेड डिजाइर बिल्डिङ’ पुष २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया