Bisal Chautari Logo

‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक || पुष्प र साम्राज्ञीको छमछमी डान्स

- ८ कार्तिक २०७९, मंगलवार १०:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ कार्तिक, ८ मंगलबार ।
चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्र ‘मारुनी’पछि अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहबीच दोस्रो सहकार्य भएको हो । लक्ष्मी पूजाको अवसर पारेर सार्वजनिक गरिएको ‘रुमाल बाटेर टाई बनाम’ बोलको गीतमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य गरेका छन् ।

जगदिश समाल र मेलिना राईको स्वरमा रहेको छ । वि पाण्डेको शब्द रहेको छ, भने सुभाष भुषालको संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक सेटअपमा खिचिएको छ ।

‘रज्जा रानी’ र ‘रूद्रप्रिया’ चलचित्रका निर्माता रमेश एमके पौडेलले पहिलो पटक निर्देशन गरेको यो फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ ।

चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस चलचित्रको निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद रहेको चलचित्रमा शिव ढकालको छायांकन रहेको छ ।

प्रतिक्रिया