Bisal Chautari Logo

चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

- ३ कार्तिक २०७९, बिहीबार २०:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ कार्तिक, ३ बिहिबार ।
आगामी कात्तिक २५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । कलाकारको उपस्थितिमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ ।

लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईलगायत कलाकारहरुको अभिनय छ ।

लामो समयपछि धीरेन र राजेन्द्रले यही सिनेमामार्फत रजतपटमा गर्दैछन् । घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारवाही वरपर सिनेमाको कथा घुमेको छ । रोमान्स, इमोसन र एक्सन मिश्रीत सिनेमामा बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खलपात्रको भूमिकामा छन् ।

आरएल लामा मोक्तान निर्देशित सिनेमालाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् । जीवन लामा कार्यकारी निर्माता रहेको सिनेमाका सह(निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् । रामेश्वर हुमागाईले खिचेको सिनेमाका गीतमा विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन गरेको सिनेमामा राजु किराँतीको द्धन्द्ध निर्देशन छ ।

प्रतिक्रिया