विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र २३ बिहिबार । पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ सम्पन्न हुने भएको छ । हिमालयन मुभिजको प्रोडक्सन हाउसको आयोजनामा हुन लागेको कार्यक्रम यहि शनिवार होटल र्याडिसनमा अयोजना हुने भएको छ ।
नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसंगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड हुन लागेको आयोजकले बताएका छन् । दुई दर्जन भन्दा बढी नेपाली मानोरञ्जन क्षेत्रको लव्धप्रतिष्ठत एंव उदयीमान सृष्ठाहरुले सो कार्यक्रममा अवार्ड प्राप्त गर्नेछन् ।
आयोजनक संस्था हिमालयन मुभिज नेपाली फेसन क्षेत्रमा चर्चित नाम हो । जसले धेरै फेसन शो, सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया