Bisal Chautari Logo

‘भटक भटक’ गीतमा नाजिर र आश्माको दमदार डान्स

- १० असार २०७९, शुक्रबार २३:३० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १०, शुक्रवार ।
मोहितवंश आचार्य र मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘भटक भटक’ सार्वजनिक भएको छ। सरोज ओलीको शब्द र दिपक शर्माको संगीत गीतमा रहेको छ। यो गीत सरोजकै सृजन ‘ ए है माया’ को दोश्रो संस्करण हो। कोरोनाले थलिएको म्युजिक भिडियो उद्योगमा ‘ए है माया’ निकै लाभदायक बनेको थियो । यो गीत पछि म्युजिक भिडियो उद्योगमाले कोरोनाकाल पछि कमब्याक गर्न सफल भएको थियो ।
भटक भटकमा नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर रहेका छन् । डान्सिंङ फ्लेवरको गीतमा नाजिर र आश्मा ले आकर्षक प्रस्तुती दिएका छन्। विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन्। भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ।

प्रतिक्रिया