Bisal Chautari Logo

आर्यन र पुजाको ‘मायालु आभाष’

- २८ जेष्ठ २०७९, शनिबार २०:४६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ २८, शनिवार ।
म्यूजिक भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुजा शर्माको जोडी बाँधिएको छ । उनिहरु अभिनित गीत ‘मायालु आभाष’को भिडियो रिलीज भएको छ ।
निर्देशक विधान कार्कीले यस भिडियोमा फिल्मी शैलिमा कथा भनेका छन् । दर्शकका ढुकढुकी सिग्देल र शर्माको जोडी सुहाएको प्रतिक्रिया भिडियो रिलीज भएपछि आईरहेका छन् । अष्ट्रेलिया र नेपालमा सक्रिय ’नेपमेलो’ले यो गीत तयार पारेको हो । रबि मल्लको शब्द तथा संगीत रहेको यस गीतमा प्रताप दास र अनु ढकालको स्वर रहेको छ ।
निर्देशक कार्कीले केहि फरक शैलीमा कथा भन्ने प्रयास गरेको बताए । उनले भने, ’चलचित्रका कलाकारहरुलाई म्यूजिक भिडियोमा अभिनय गराउन सजिलो छैन । चलचित्रको ठुलो क्यानभासमा काम गरेका कलाकारको लागि म्यूजिक भिडियोमा पनि कथा भन्ने शैली बदल्नुपर्ने हुन्छ । सोहि प्रयास गरेको छु’ ।
हरि हुमागाईंले छायांकन गरेको यस भिडियोका सम्पादक बिकाश दाहाल हुन् भने कला निर्देशक मनिषा पोखरेल हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।

प्रतिक्रिया