विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ २८, शनिवार । सफल अभिनेता खगेन्द्र लामिछानेद्धरा निर्देशित पहिलो चलचित्र ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । भदौ १० गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब चलचित्र साउन १३ गतेबाट प्रदर्शनमा आउनेछ । मोसन पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ ।
दुईटा मोसन पोस्टर सार्वजनिक निर्देशक खगेन्द्रले भिन्न किसिमले गरेका छन् । खगेन्द्रले फिल्म निर्देशन गर्नुको कारण मोसन पोस्टरकै भिडियोमा समावेश गरेका छन् ।
खगेन्द्रले दशक अगाडि गुरुकुलमा मञ्चन भएको नाटक ‘पानीफोटो’लाई चलचित्रमा रुपान्तरण गरेका हुन् । नाटकलाई उनी आफैंले लेखेका थिए । चलचित्रमा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरीलगायतको पनि अभिनय रहेको छ ।
चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
प्रतिक्रिया