Bisal Chautari Logo

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

- १७ पुष २०७७, शुक्रबार ०५:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७   पौष १७ शुक्रवार । 
सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि यसको असर पर्ने गरेको छ ।

प्रतिक्रिया