Bisal Chautari Logo

गुडिरहेको ट्याक्टर एक्कासी नहरमा खस्यो, चालकको मृत्यु

- २९ मंसिर २०७७, सोमबार ०५:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर, २०७७ मंसिर २९ सोमवार ।
विराटनगरमा एक ट्याक्टर दुर्घटनामा परेको छ । विराटनगर महानगरपालिका– ४ इक्राहीस्थित सडकमा गुडिरहेको ट्याक्टर नहरमा खसेर दुर्घटना भएको हो ।  दुर्घटनामा परी चालकको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

इक्राहीस्थित भित्री सडकमा गुडिरहेको ट्याक्टर आइतबार राति १०ः२० बजेतिर आफै अनियन्त्रित भई एक्कासी नहरमा खसेको थियो ।

दुर्घटनामा परी सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

प्रतिक्रिया