Bisal Chautari Logo

क्लियर टिभीमा नयाँ फिल्म हेर्न पाइने

- २ मंसिर २०७७, मंगलवार ०९:३६ मा प्रकाशित


केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले भिडिओ अन डिमाइन्ड सेवा सुरु गरेको छ।

कम्पनीले यही क्रममा हिन्दी फिल्म लक्ष्मीको प्रिमियर मंसिर १ मा गरेको छ। टिभी मार्फत् ग्राहकहरुले  लक्ष्मी फिल्म हेर्न पाउने छन्।

क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२ (एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गरेको हो।

यो च्यानल मार्फत् ग्राहकहरुले आफ्नै घरमा बसी ग्राहकले फिल्म हेर्न सक्नेछन्। भबिष्यमा यस्तै कन्टेन्टहरु उपलब्ध गराउँदै जाने कम्पनीले जानकारी दिएको छ।

यसरी उपलब्ध फिल्म हेर्नका लागि नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्नुपर्ने छ। यसका साथै   www.cleartv.com.np/mod मा गएर   जानकारी लिन सकिने छ।

प्रतिक्रिया