विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २० बिहिवार । म्युुजिक भिडियाेमा खासै नदेखिने अभिनेत्री साम्राज्ञी आर एल शाहकाे नयाँ म्युुजिक भिडियाे रिलिज भएकाे छ । । उनि आफ्नै आमा नेहा आर एल शाहको आबाज रहेको ‘ तिमी र म…. बोलको गितमा मोडलको रूपमा देखिएकी हुन । साम्राज्ञीलाई यो गितमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ दिएका छन । देबांस साम्राज्ञीका प्रेमी हुन् ।
तिमी र म बोलको गीतको भिडियो बोधी एच डी यूटुब च्यानलबाट सार्बजनीक भएको हो । भिडियोको निर्देशन बिशेसदेब पाण्डेले गरेका हुन । बिराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ । गायन क्षेत्रमा नेहा पहिले सक्रिय नभएता पनि अब भने सक्रिय रूपमा लाग्ने भएकी छिन । यस अघि उनले गाएको ‘ मेरो मनको सपना र फूली फूल्यो बोलको गितले राम्रै प्रशंसा हात पारेको थियो ।
भिडियो हेर्नुहोस :
BISALCHAUTARI TV
प्रतिक्रिया