Bisal Chautari Logo

उपासना र कुन्दनको ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकियो

- १७ आश्विन २०८३, शनिबार १९:१४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८३ असोज १७ शनिवार।
एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ ।
हरर जनराको यो फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो । फिल्मलाई ३ रात काठमाडौंमा पनि खिचिएको छ । यो फिल्ममा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्यको मुख्य भूमिका छ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
फिल्ममा वशिष्ट प्रधानको डीओपी छ । फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई ओविद उद्दिनले निर्देशन गरेका हुन् । ओविदले भने–‘हामीले निकै मिहिनेतका साथ काम गर्यौं । फिल्मको सम्पूर्ण टिमले निकै मिहिनेत गरेका कारण समयमै छायांकन सकिएको हो ।’
आफूलाई पहिलेबाट नै हरर फिल्म मनपर्ने भएकाले यसतर्फ आकर्षित भएको ओविदको भनाई छ ।
फिल्ममा महेश बरालको मुख्य सहायक निर्देशन छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । 

प्रतिक्रिया