विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरिएको छ । तर चलचित्रको छायांकन भने सुरु गरिएको छैन । चलचित्रको छायांकन नगर्दै प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्र आउदो वर्ष २०७८ साल भदौ ११ गतेबाट प्रदर्शन गर्ने निर्देशक खनालले बताएका छन् । हाल कोरोना कहरले फिल्म हल ठप्पै छ । विगत ६ महिनादेखि बन्द भएको हल कहिले खुल्ले टुंगो छैन । तर निर्देशक खनालले अर्का वर्षसम्म कोरोनाको त्रास नरहिने अनुमानमा चलचित्रको प्रदर्शन मिति तय गरेका छन् ।
यो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहनेछ । शर्मिला पाण्डेले निर्माण गर्ने यस चलचित्रमा अभिनेत्रीको भूमिकामा स्वस्तिमा खड्का फाइनल भएको खबर बाहिरिएको छ । अवस्था सामान्य भएसँगै छायाङ्कनमा जाने तयारी गरेको चलचित्रको लागी कलाकारहरू फाइनल गर्ने क्रम अगाडी बढाइएको बुझिएको छ । जस अनुसार निर्माण पक्षले मुख्य भूमिकाको लागी स्वस्तिमालाई फाइनल गरिएको हो ।
प्रतिक्रिया