PUrano Bullet movie hong kong premiere
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ फाल्गुन १३, सोमबार । चैत्र १ बाट अल–नेपाल रिलिज हुन लागको चलचित्र ‘पुरानो बुलेट’को वल्र्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘पुरानो बुलेट’को वल्र्ड प्रिमियर शनिबार हङकङस्थित याउ माइ तेइ हलमा ग्राण्ड प्रिमियर भएको हो ।
पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको चलचित्रलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । चलचित्रको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए । सिनेमा हेरेका दर्शकबाट केही सिनहरुमा रोएकोपनि प्रतिकृया आएको थियो । आयोजक मध्येका एक मज्जाको राईले भने, ’नेपाली मौलिकता बोलेको यो प्रकारको फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।’
हालसम्म रिलिज सबै फिल्ममा भन्दा भिन्न अबतारमा देखिएका लिड कलाकार अनुपबिक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन् । प्रिमियरमा फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले यसै फिल्मबाट निर्देशनमा पाइला चालेका भीषणलाई नेपाली फिल्म क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा उभ्याएको छ, प्राप्त भिडियो रिभ्यू यहि बोल्छ ।
‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त ’शो’को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए । यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्म ’पुरानो बुलेट’मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।
‘पुरानो बुलेट’को ग्राण्ड वल्र्ड प्रिमियरपनि दर्शकबाट आएको प्रतिकृया हेर्नुहोस् :-
प्रतिक्रिया