Bisal Chautari Logo

मोड्लिङ हुदै चलचित्रको पर्दामा योगीता

- १४ चैत्र २०७०, शुक्रबार ०३:२९ मा प्रकाशित


yogita dahal
विशाल चौतारी समाचार
काठमाडौं, १४ चैत ।
पछिल्लो समय मोड्लिङ क्षेत्रमा सकृय रहेका मोडलहरु चलचित्रको पर्दामा जम्दै गइरहेका छन् । मोड्लिङ क्षेत्रमा गरेको अनुभवका कारण एक्सन कटमा उभिनका लागी मोडलहरुलाई खासै गाह्रो नपर्ने भएकालेपनि चलचित्रमा अहिले बढि रुपमा लिने गरिन्छन । यस्तै क्रममा मोडलिङ क्षेत्रमा संर्घस गरिरहेकी योगीता दाहालपनि नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छिन् ।
केही वर्षको मोड्लिङ अनुभवपछि मोडल दाहाल बन्न लागेको चलचित्र ‘मिस्कल’ नामक सिनेमाबाट डेब्यु हुन लागेकी हुन् । सानै उमेरदेखी मोड्लिङ तथा अभिनयमा रुचि राख्ने गरेको बताउने नव अभिनेत्री योगीताले केही गीतहरुमा मोड्लिङ गरेकी छिन् । चर्चित गायीका अन्जु पन्तको ‘तिमी बिनाको जिवन यो’ बोलको गीतमा मोड्लिङ गरेपछि आफुलाई चलचित्रमा लिएको उनी बताउछिन् । २० वर्ष उमेर बताउने नव अभिनेत्री दाहालको विचारमा अभिनय समाजको ऐना मात्र नभएर एउटा समाज परिवर्तन गर्ने माध्ययमपनि भएको बताइन् । ५ फिट ३ इन्च हाइटकी धनी मोडल दाहाल चलचित्रमा डेब्यु गरेपनि मोड्लिङ क्षेत्रलाई निरन्तरता दिने बताउछिन् ।

add

प्रतिक्रिया