Death of Literature chief Shiva kumar pradhan
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १०, सोमबार । साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ । ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो ।
प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता हुनुहुन्थ्यो । उहाँका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए ।
उहाँले कालिदासले रचना गरेको ‘मेघदूत’ को नेपाली अनुवादसमेत गर्नुभएको छ । प्रधान बागलुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । स्व प्रधानको आज कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका तीन श्रीमती, सात छोरा र चार छोरी छन् ।
प्रतिक्रिया