Bisal Chautari Logo

खगेन्द्रले पोखरा पुगेर भने ‘डमरुको डण्डीबियो’मा खेल संगै, मायाप्रेम पनि छ’

- २९ चैत्र २०७४, बिहीबार ०४:४९ मा प्रकाशित


khagendra lamichhane movie damarukam dandi biyo
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २९, बिहिबार । कलाकार तथा लेखक खगेन्द्र लामिछानेले आफुले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताका लागी मात्रै नभएको बताएका छन् ।
चलचित्र पत्रकार संद्य कास्कीले आज पोखरामा आयोजना गरेको फिल्म डमरुको डण्डिबियोको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानले भने ‘मैले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताको लागी मात्रै हुदैन मलाई यो बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु चल्ने नचल्ने फरक पाटो हो ।’
डमरुको डण्डिबियोका बारेमा बोल्दै उनले गतबर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई प्रमुख बिषय बस्तु बनाएको भएता पनि फिल्ममा पारिवारिक कथा संगै मायाप्रेम समेत देखाइएको बताए ।

कलाकार बुद्धि तामाङले फिल्मले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउने संगै खेलको महत्व झल्काउने बताए ।
पर्यटन व्यवसायी समेत रहेका निर्माता बिनोद गुरुङले बन्दै आएका अन्य नेपाली फिल्म भन्दा विल्कुल फरक स्वादमा फिल्म बनेको बताए ।
फिल्ममा खगेन्ऽ लामिछाने,वुद्धि तामाङका अलवा मेनुका प्रधान,अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेका हुन् । पोखराबाट औपचारिक रुपमा प्रोमेशन यात्रा सुरु गरेको फिल्म टिम बुटवल, नारायणघाट, हेटौंडा दमक हुदै बिर्तामोड सम्म पुग्नेछ ।

bisalchautari tv
Casts: Khagendra Lamichhane, Anup Baral, Menuka Pradhan, Budhhi Tamang, Ankeet Khadka, Aashant Sharma, Laxmi Bardewa, Mishri Thapa, Ingi Hopo Koinch Sunuwar, Namita Ghising
Editor: Nimesh shrestha, Pritam Pandey
DOP: Hari Humagain
Writer: Khagendra Lamichhane
Director: Chhetan Gurung

प्रतिक्रिया