SUNKESARI Horror nepali movie Reecha Sharma
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ८, बिहिबार । अभिनेत्री ऋचा शर्मा निर्मित तथा अभिनित चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको थियो । ट्रेलर डरलाग्दो बनाइएको छ । ट्रेलर हेरी रहदा उपस्थित पत्रकार, कलाकार र चलचित्र युनिटपनि तर्सिएका थिए ।
अर्पण थापा निर्देशित चलचित्र ‘सुनकेसरी’ हरर चलचित्र हो । चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर फिल्म बनाएको बताइन् । उनी भन्छिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् । हरेक कुरा नेचुरल हुनु पर्छ । यो फिल्मले जबर्जस्ती दर्शक तर्साउँदैन ।’
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ ।
फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।
जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ ।
New Nepali Movie – “SUNKESARI ” Official Trailer || Reecha Sharma, Sunny Dhakal, Rabindra || Nepali Horror Movie
BG ENTERTAINMENT, RICHA SHARMA FILMS and THE PEAK PICTURES IN ASSOCIATION WITH THIRD EYE PICTURES Presents:
“SUNKESARI”
A Film by Arpan Thapa
Featuring: Reecha Sharma, Sunny Dhakal, Lauren Lofberg, Rabindra Jha, Sunil Parajuli, Prerana Thapa, Bhim Neupane, Tamanna Sharma, Sabitra Acharya, Amy Parajuli, Krishna Tiwari, Dharma Raj Adhikari
प्रतिक्रिया