Bisal Chautari Logo

सृष्टिकी आमाले भनिन्, ‘ब्लाइन्ड रक्समा वेनिशालाई सृष्टिकै रुपमा देखे’

- १५ फाल्गुन २०७४, मंगलवार ०२:२२ मा प्रकाशित


Benisha Hamal and shristi kc BLIND ROCKS Movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १५, मंगलबार । रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘ब्लाइन्ड रक्स’ टिमले चलचित्रको प्रोमोशनलाई बढाएको छ । १६ वर्षको उमेरमा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित रहेर फिल्म ‘ब्लाइन्ड रक्स’ बनेको छ । मिलन चाम्सद्वारा निर्देशित यो फिल्म यही शुक्रबार अर्थात् फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । सृष्टिको भूमिकामा नायिका वेनिशा हमाल प्रस्तुत भएकी छन् ।
आज काठमाडौमा आयोजित प्रेसमिटमा चलचित्रका निर्माता निकेश लिम्बु यही चलचित्रका लागी नेपाल आएका छन् । कार्यक्रममा बोल्दै निर्माता निकेशले चलचित्रलाई सबैले रुचाउने विश्वास ब्याक्त गरे । साथै अहिले सम्म गरिएको प्रिमियर शोहरुमा दर्शकहरुले चलचित्रलाई अत्याधिक रुचाएको पनि बताए । त्यस्तै चलचित्रका निर्देशक चाम्सले सिनेमा राम्रो बनेको बताए ।
सृष्टिको भूमिकामा देखिएकी नायिका वेनिशा हमालले बोल्दै भनिन्, ‘यो मेरो लागि चुनौती र अवसर दुवै हो’, ‘ब्लाइन्ड रक्स खेलेपछि दृष्टिविहिन र अपांगता भएकाहरुप्रति हेर्न मेरो दृष्टिकोण नै बदलिएको छ ।’ वेनिशाका अनुसार दृष्टि गुमाएकाहरु पनि दृष्टि भएकाहरु भन्दा सक्षम रहेको बताइन् । साथै चलचित्रमा दृष्टिविहिन सृष्टि बन्नका लागी पर्दामा उर्तान ६ महिना अभ्यास गरेको वेनिशाले बताइन् ।
उता सृष्टिले पनि बोल्दै आफ्नो लागी पनि अवसर र चुनौती बनेर आएको बताइन् । साथै सृष्टिले वेनिशाको तारिफ गर्दै आफ्नो जीवनीलाई पर्दामा उतार्न वेनिशाले न्याय गरेकोमा खुसि ब्याक्त गरिन् । आमा परमेश्वरीले पनि ब्लाइन्ड रक्समा वेनिशालाई सृष्टिकै रुपमा देखेको बताइन् । फिल्म हेर्दा म त रोए, सृष्टिकी आमाले भनिन् । त्यस्तै सृष्टिले आउने दिनहरुमा चलचित्र खेल्नेपनि इच्छा ब्यास्त गरिन् ।
चलचित्र ‘ब्ल्यान्ड रक्स’मा सृष्टिको आमाको अभिनेत्री गौरी मल्लले आमाको भूमिकामा प्रस्तुत भएकी छन् भने प्रेमीको भूमिकामा अर्पण थापा छन् । फिल्मको युके र हङकङमा प्रिमियर शो गरिएको छ, भने अन्य देशहरुमा प्रिमियर हुने क्रम जारी रहेको छ ।

सृष्टिले दृष्टि पाइन् || बेनिशाको कामको चौतर्फी तारिफ – shristi kc | Benisha Hamal | BLIND ROCKS


Camera : Bishal Rai

प्रतिक्रिया