Bisal Chautari Logo

९४ वर्षीया आमाबाट आशिर्वाद लिदै शिल्पा र पुष्प लिएर छविराज ‘मंगलम’ प्रचारमा

- १३ फाल्गुन २०७४, आईतवार ०८:१० मा प्रकाशित


Shilpa Pokhrel and Puspa Khadka movie MANGALAM
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १३, आइतबार । यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मंगलम’ को मोफसल प्रचार सुरु गरिएको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, नायिका शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिट पुर्वको धरानबाट मोफसलका मुख्य शहरमा प्रचारको लागि निस्किएको हो ।
साथै फिल्म प्रचारकै लागि धरान पुगेको फिल्मको टोली धरानमा रहेको छविराजको घरमा ननिस्कई प्रचारयात्रालाई अगाडि बढाउन सकेन । छविकी ९४ वर्षीया आमा डम्बरकुमारी ओझालाई फिल्म युनिटले भेट्दा माहौल निकै रमाइलो बनेको थियो ।
निर्देशक नवल नेपालका अनुसार छविराजकी आमाले छविराजलाई मंगलम्ले मंगल गरोस् भनेर आशिर्वाद दिएकी थिइन् । आमाको आशिर्वाद पाउँदा निर्माता छविसहित फिल्म युनिट दंग परेका थिए ।
फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड हुँदै चितवन, हेटौडा, पोखरा पुग्नेछ । नवल नेपाल निर्दे्शित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । फिल्ममा शिल्पा, पुष्पसंगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । फिल्म फागुन २५ गतेबाट नेपालभरका हलहरुबाट प्रदर्शनमा आउँदैछ ।
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भएको छ ।

चलचित्रको ट्रेलरपनि हेर्नुहोस् :-

प्रतिक्रिया