Bisal Chautari Logo

पल र आँचल बेहुला बेहुली!

- ६ फाल्गुन २०७४, आईतवार १०:०५ मा प्रकाशित


Paul and Achal 
विशाल चौतारी समाचार 
काठमाडौं, २०७४ फाल्गुन ६ गते आइतबार । माडौँ । चैत्र ९ बाट देशैभर प्रदर्शनमा यस वर्षको प्रतिक्षीत फिल्म ‘शत्रु गते’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडी देखाइएको छ । एक पोस्टरमा पल र आँचललाई मधेशी बेहुला(बेहुलीको रुपमा प्रस्तुत गराइएको छ ।

 दोस्रो पोस्टरमा नायिका प्रियंका कार्कीलाई प्रहरी पोशाकमा दीपकराजको गलबन्दी तानेको देखाइएको छ । यस्तै, तेस्रो पोस्टरमा दीपाश्रीलाई अडेस लगाएर हरिवंश रोमान्टिक बनेका छन् ।  फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको पनि अभिनय रहेको छ । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मको निर्मातामा रहेका छन् । ‘शत्रु गते’ चैत्र ९ बाट देशैभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया