Rajesh payal rai new zealand program
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ फाल्गुन ३ बिहिबार । सर्वाधिक लोकप्रिय अनि सदा व्यस्त गायक राजेशपायल राई ‘राई इज किङ’लाई न्युजिल्याण्डको क्रिस्टचर्च सिटीमा भव्य स्वागत गरिएको छ ।
उनको यो न्युजिल्याण्डमा प्रथम पटक शो हुदैछ । न्युजिल्याण्डमा यो शो उनको मात्र होइन नेपाली गीतसंगीतकै इतिहासमा पहिलो पटक हुन लागेको हो क्रिस्टचर्चमा।
यो कार्यक्रम आयोजक संस्था भुटानी समाज क्रिस्ट्सचर्चले आयोजना गर्न लागेको हो।
संस्थाका अध्यक्ष ध्रुब र संयोजक न्युजिल्याण्ड निवासी सत्या लिलाले कार्यक्रममा कमी कमजोरी हुन नदिन हर प्रकारको सुविधामा सम्झौता नगर्ने बताए।
कार्यक्रम पर्सी १७ फेब्रुवरीमा चार्ल्स लुन हलमा हुदैछ । उक्त कार्यक्रमपछि राई अष्ट्रेलिया र दुबाई जाँदैछन् ।
bisalchautari Tv
प्रतिक्रिया