UML Maoist two parties will be one today
विशाल चौतारी समाचार ।
काठमाडौँ, २०७४ फाल्गुन ३ बिहिबार । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रकृया अन्तिम चरणमा पुगेको छ । बुधबार बसेको एकता संयोजन समितिले एकता प्रकृयाको ९५ प्रतिशत काम सम्पन्न गरेको छ ।
बुधबार रातीसम्म बसेको एमाले माओवादी एकता संयोजन समितिको बैठकले एकता प्रकृयाको ९५ प्रतिशत काम सम्पन्न गरेको छ । तर, सैद्धान्तिक बैचारिक तथा पदीय भागबण्डाबारे मिलाउन केही बाँकी रहेकाले बुधबार नै माओवादी एमालेबीच हुन सकेन । एकताका लागि मिलाउन बाँकी बिषयमा थप छलफलका लागि संयोजन समितिले दुई समिति गठन गरेको छ ।
सैद्धान्तिक बैचारिक तथा पदीय भागबण्डाबारे मिलाउन बनेको समितिले बिहानैदेखि छलफल गर्नेछ । दुई समितिले बाँकी रहेको विषयमा सहमति जुटाउन सके आजै पार्टी एकता हुनेछ । बुधबार दुई अध्यक्षबीच भएको वान टु वान वर्तामा सहमति भएको आधारलाई मान्ने हो भने सम्भवत आजै नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित नयाँ पार्टी घोषणा हुनेछ ।
प्रतिक्रिया