Bisal Chautari Logo

स्कटल्याण्डमा छायाँकन गरिएको अनमोल र अदीतिको ‘जानी नजानी’ गीत सार्वजनिक (भिडियो)

- २२ माघ २०७४, सोमबार १२:२५ मा प्रकाशित


Anmol Kc and Aditi Budhathoki KRI movie song Jani Najani Maya
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २२ सोमबार । स्कटल्याण्डमा छायाँकन गरिएको चलचित्र ‘कृ’ को ‘मैंले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । नायक अनमोल केसी र नायिका अदीति बुढाथोकी फिचरिंग गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका छन् ।
विशेष पाण्डेको संगीत रहेको गीतमा रोदित भण्डारीको स्वर तथा शब्द रहेको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सपर काजोल फिल्मस्को प्रस्तुती रहेको कृ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सिनेम्याटोग्राफी पुरुषोत्तम प्रधानको छ । फिल्ममा सुवास गिरी र भुवन केसीको संयुत्त लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
अनमोल र अदिती सँगै ‘कृ’ मा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियो हेर्नुस् :


SONG Jani Najani Maya
VOCAL Rodit Bhandari
LYRICS/MUSIC Bisesh Pandey, Rodit Bhandari
ARRANGER Bisesh Pandey
CHOREOGRPAHER Bikram Lama, Anjela Khatri
COSTUME Yubi Thapa
MAKE UP Baljinder Sandher
LONDON LINE PRODUCER Ashwin Chopra (Simy Arts)
CAST Anmol Kc, Anoop Bikram Shahi, Aditi Budhathoki
Kameshwor Chaurasiya/Saroj Khanal/Laxmi Giri/ Rupa Rana/Sudam/Amit Giri/Tika Bhakta Jirel/Arjesh Regmi

प्रतिक्रिया