Bisal Chautari Logo

अनमोल र अदिती स्कटल्याण्डमा रोमान्टिक हुदै (फोटो फिचर)

- २२ माघ २०७४, सोमबार ०५:१९ मा प्रकाशित


anmol kc and aditi budhathoki movie kri shooting scotland
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २१ आइतबार । नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी अभिनित चलचित्र ‘कृ’ माघ २६ गतेबाट देशव्यापी रिलिज हुँदैछ । यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्रको एउटा गीत स्कटल्याण्डमा खिचेर यसको निर्माणपक्ष नेपाल फर्किएको छ । ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डको रमणिय स्थानमा ३ दिन लगाएर खिचिएको छ ।
यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भोली विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यसैविच, गीत सार्वजनिक हुनुभन्दा अगाडि यसका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । जसमा, अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन् ।
एक दर्जनको टिम स्कटल्याण्ड पुगेर यो गीतको भिडियो खिचिएको हो । सुरेन्द्र पौडेलले चलचित्रको निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।
चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

Ad-skip 

प्रतिक्रिया