Bisal Chautari Logo

बलीउडका चर्चित नायक सलमान खानको नाममा पनि ठगी

- १० माघ २०७४, बुधबार १४:०७ मा प्रकाशित


Salman Khan also named Chetan
विशाल चैतारी समाचार
काठमाडौं,२०७४ माघ १० बुधबार । बलीउडका चर्चित नायक सलमान खानको नाममा समेत ठगी गरेको छ । राजु थापालाई सलमान खानको नाममा ठगीको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको छ ।
राजु थापाले सलमान खानले भारतमा सञ्चालन गरेको फेसन स्टोर ‘बिइङ ह्युमन’ नामक संस्थाको फ्रेन्चाइजी मिलाइदिने भन्दै एक व्यक्तिलाई १५ लाख रुपैयाँ ठगी गरेको भन्दै महाशाखामा जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न मिडियामा थापाले मुम्बईमा गएर अभिनेता खानालाई भेटेको र उनले नेपालमा ‘बिइङ ह्युमन’को सोरुम खोल्ने भन्दै समाचार प्रकाशन तथा प्रशारण गराएका थिए । उनले सलमान खानसँग खिचेका तस्वीर पनि मिडियाहरुमा प्रचार गर्न उपलब्ध गराएका थिए । खानको फ्रेन्चाईजी मिलाउने भनेर पैसा लिएपछि लामो समयसम्म पनि फ्रेन्चाइजी दिन नसकेपछि पीडितलाई खातामा रकम नभएको १५ लाख रुपैयाँको चेक दिएका थिए ।
राजु थापाले विभिन्न राजनीतिक दलका नेता तथा प्रहरीका उच्च अधिकारीहरुसँग सम्बन्ध राखेर सोझासाझालाई ठग्दै आएका थिए । उनको फेसबुकवालमा पनि सलमान खानको फोटो राखिएको छ । प्रहरीका उच्च अधिकारीहरुसँग लिएको तस्वीर फेसबुकमा राख्ने उनीविरुद्ध पीडितहरु उजुरी गर्न डराउने गर्दथे ।

प्रतिक्रिया