After searching for rape, the brick was killed
विशाल चौतारी समाचार
भक्तपुर , २०७४ माघ ४ बिहिबार । भक्तपुर नगरपालिका पर्ने ब्रह्मायणी मन्दिर परिसरमा बुधबार मृत फेला परेका सीताराम सैंजूको बलात्कारपछि आत्मरक्षाको लागी हत्या भएको खुलासा भएको छ ।
टाउकोमा चोट लागेको अवस्थामा फेला परेका मृतक सैंजूको शव पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको थियो ।
हत्या आशंकामा अनुसन्धान पक्राउ गरीएकी रीता राईले ब्यापारी सैंजुले आफूलाई बलात्कार गर्न खोजेपछि प्रतिकार गर्न बाध्य भएर इँटाले हानेको बयान दिएकी छन् ।
मदिरा पिएर ब्रह्मायणी मन्दिर पुगेका सैंजुले अन्य दिन जस्तै ओखलढुंगा घर भएकी ३० वर्षीय रीता राईलाई जिस्काई जबरजस्ती गर्न खोजेपछि इँटाले टाउकोमा प्रहार गरेको रीताले बयान दिएकी छन् ।
प्रतिक्रिया