Bisal Chautari Logo

सुहागरातमा दुलाहालाई बेहोश बनाएर गरगहनासहित दुलही फरार

- १९ पुष २०७४, बुधबार १२:१९ मा प्रकाशित


The bride escaped with jewelery in the honeymoon unconscious
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १९ बुधबार । भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा एक नववधूले अनौठो हर्कत गरेकी छिन् । सुहागरातमा दुलाहाले पिउने दूधमा निद्रा लाग्ने औषधी हालिदिएर बेहोश बनाई उनी घरमा रहेका सबै नगद र सुनचाँदी लिएर भागिन् ।
घटनापछि विवाहको बन्धनमा बाँधिएको युवक आफ्नो तोडिएको सपना लिएर प्रहरी चौकी पुगे । प्रहरीले जाहेरी दर्ता गरेर घटनामाथि अनुसन्धान चलाएको छ ।
पंकज नाम गरेका युवकले अलीगढस्थित जावा गाउँमा विवाह गरेका थिए । मंसिर ११ गते भएको यो विवाहपछि सुहागरातमा दुलाहालाई दूधको गिलास दिएपछि उनी गहिरो निद्रामा पुगे । भोलिपल्ट बिहान दुलाहाको परिवारले बल्लबल्ल उनलाई जगाउन सफल भए । घरबाट दुलही चाहिँ गायब थिइन् ।
जम्मैतिर खोज्दा केही नलागेपनि पो उनीहरूले थाहा पाए दुलहीले ७७ हजार रुपैयाँ नगद र १५ तोला सुनचाँदी लिएर गायब भइन् । दुलाहाको परिवारले दुलहीको परिवारलाई यसका बारेमा जानकारी दिएपनि उनीहरूले कुनै जवाफ फर्काएनन् । दुलहीको खोज जारी छ ।

प्रतिक्रिया