Bisal Chautari Logo

झमक बहादुरको रिमिक्सि गीत ‘आमैले भन्थे..’ सार्वजनिक (भिडियो सहित)

- १४ पुष २०७४, शुक्रबार १३:२२ मा प्रकाशित


The remix song of ‘Jhakak Bahadur’ Aamale vanthe’.’ Public
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १४ शुत्रबार । चलचित्र ‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आज एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको आतिथ्यमा गीत सार्वजनिक गरिएको हो ।
कसुम गजमेर शब्द र रन्जित गजमेरको सङ्गीत रहेको लाई रिमिक्स ओम सुनारले गरेका हुन्। रिमिक्सिमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ ।
नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक हास्य प्रधान चलचित्र हो । ‘झमक बहादुर’का निर्माता मिनकुमार तामाङले भने चलचित्र ‘साइनो’मा भुवन केसीले प्रख्याती कमाइसकेको यो गीतमा अहिले अनुप विक्रमले नाचेका छन्, दर्शकले यसलाई कतिको मन पराउने हुन् आगामी दिनले तय गर्ने छ’, उत्तम केसीले भने . आगामी जेठ !! गते देखि देशभर एक साथ प्रदर्शनमा आउन लागेको यो चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका हुन्।
यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।
राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतम र जीवन पराजुलीले छायाँकन गरेका छन् । चलचित्रको पब्लिसिटी डिजाइन जेनेक्स मिडियाले लिएको छ ।

प्रतिक्रिया