Two policemen injured
विशाल चौतारी समाचार
सिराहा,२०७४ मंसिर १० आइतवार । सिराहाको निरदनामा अज्ञात समुहले गोली चलाउदा एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।
गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ । घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला धरान लगिएको छ ।
सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भइसकेका छन । विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका थिए ।
प्रतिक्रिया