Bisal Chautari Logo

सलमान र कट्रिनाको ‘टाइगर जिन्दा हे’को पहिलो गीत ‘स्वाग से स्वागत’ सार्वजनिक (भिडीयो सहित)

- ५ मंसिर २०७४, मंगलवार ११:३८ मा प्रकाशित


Salman Khan and Katrina Kaif movie Tiger Zinda Hai song Swag Se Swagat
एजेन्सी
मुम्बाई, २०७४ मंसिर ०५ मंगलवार । बलिउड चर्चित अभिनेता सलमान खान र सुन्दरी नायिका क्याट्रिना कैफको अभिनय रहको बहुप्रतिक्षित फिल्म टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘स्वाग से स्वागत’ (Swag Se Swagat) बोलको गीतमा विशाल धडलानी र निशा वासिनको स्वर रहेको छ ।
सार्वजनिक गीतमा सलमान र कैटरिना फिचरिङ छन् भने सलमानलाई पुरानो अन्दाजमा प्रस्तुत गरिएको छ । डिसेम्बर २२ मा रिलिज हुन लागेको चलचित्रको चौतर्फी चर्चा छ ।

यो चलचित्रमा हलिउड निर्देशकले एक्सनको निर्देशन गरेका छन् । यसैले पनि यो चलचित्रको एक्सन विशेष रहेको धेरैको अड्कल छ । अली अब्बास जफरले यो चलचित्रको निर्देशन गरेका हुन् ।
नायक सलमान खान आफ्नी पूर्व प्रेमिका कट्रिना कैफको साथमा फेरि एकपटक एक्सन अवतारमा देखिएका हुन् ।

Swag Se Swagat Song | Tiger Zinda Hai | Salman Khan | Katrina Kaif
Song: Swag Se Swagat
Singers: Vishal Dadlani, Neha Bhasin
Music: Vishal and Shekhar
Lyrics: Irshad Kamil
Choreography: Vaibhavi Merchant

प्रतिक्रिया