Bisal Chautari Logo

चुनावको मुखमा नक्कली नोटको बिगबिगी, कसरी पत्ता लगाउने नक्कली नोट ?

- ५ मंसिर २०७४, मंगलवार १०:२९ मा प्रकाशित


Fake notes will be overwhelming
विशाल चौतारी समाचार
म्याग्दी, २०७४ मंसिर ०५ मंगलवार । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा हजार र पाँच सयाको नक्कली नोट देखिन थालेका छन् । म्याग्दीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला पारेको हो ।
                                                                                                                           फाइल फाटो

उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चा भइरहदा नक्कली नोट फेला परेपछि यहाँको चुनावी सरगर्मी बढेको छ । बैंकहरुका अनुसार फेला परेका नोटहरुमामा एउटै नम्बर चर२५ ४३९१३३ रहेको छ ।
‘स्थानीय तह निर्वाचनमा पनि केही ५ सयका नक्कली नोट फेला परेका थिए । अहिले पनि अन्य बैंक र वित्तीय संस्थाहरुले सेवाग्राहीबाट छुट्टाछुट्टै दिनमा एक हजारका नक्कली नोट फेला परेका छन् । गरिमा विकास बैंकका शाखा प्रबन्धक कमल ढुंगानाले भने, ‘स्थानीय तह निर्वाचनमा फेला परेका ५ सयका फेक नोट मुख्यालयमा पठाएका थियौं, बजारमा चर्चा नहुँदा अहिले फेरि हजारका नोट बजारमा आएको हुनुपर्छ ।’
चुनावी प्रतिस्पर्धा तीव्र र कडा बन्दै जाँदा सामाजिक सञ्जालहरुमा वाम गठबन्धन पक्षधरले लोकतान्त्रिक र लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनलाई एक अर्काप्रति मतदाता प्रभावित बनाउन नक्कली नोट बाँडिएको भन्दै आरोप प्रत्यारोप लगाउदै आएको छ।
सामान्यतया सेक्युरिटी थ्रेट, वाटरमार्क, पेपरक्वालिटी, प्रिन्टक्वालिटी, आकार, नोटका विभिन्न हातले छाम्न सकिने संकेत, नोटको रङमा फरक परेको जस्ता नोटहरु नक्कली मानिन्छन् । पटक–पटक बैंक तथा वित्तीय संस्थामा यस्ता नक्कली नोट फेला परे पनि यस्ता नक्कली नोट कहाँबाट, कस्ले, कसरी आए भन्ने कतै छानबिन भएका छैनन् ।

प्रतिक्रिया