Bomb near the house of the Congress candidate
विशाल चौतारी समाचार
रसुवा, २०७४ मंसिर ०४ सोमवार । लोकतान्त्रिक गठबन्धनतर्फबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम फेला परेको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतली बम फेला परेको हो।
बम राखिएको जानकारी पाए लगत्तै जिल्लाको कालिकास्थानबाट नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको छ। निर्वाचनलाई लक्षित गरी बिहान ७ बजेतिर बम राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्वाचनलाई लक्षित गरी अज्ञात समुहबाट बम राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया