Three deaths from the ambulance collision
विशाल चौतारी समाचार
इटहरी २०७४ मंसिर ०४ सोमवार । गएराती एम्बुलेन्सको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । इटहरी ४ स्थित हलगडामा एम्बुलेन्सले स्कुटरलाई ठक्करलाई दिदा सबार तीनजनाको मृत्यु भएको हो ।
फाइल फोटो
राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को१च ७००९ नम्बरको एम्बुलेन्सले को२२प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट मृत्युहुनेहरुमा इटहरी २ का ४५ वर्षीय डुकबहादुर कार्की, ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनिहरु सबैको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इटहरीका डिएसपी संञ्जय बहादुर राउतले बताए । राउतले मृत्यु भएकाहरु एउटै स्कुटरमा सबार थिए या छुट्टाछुट्टै थिए भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकरी दिए । ठक्कर दिने एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्स इटहरी १ मा रहेको लाल बहादुर पोखरेल स्मृति सेवा समाज रहेको बताइएको छ ।
प्रतिक्रिया