Bisal Chautari Logo

सूचना दिएवापत कर्मचारीलाई कारवाही भएमा क्षतिपूर्ति

- २९ कार्तिक २०७४, बुधबार १०:०६ मा प्रकाशित


Indemnity if action is taken against the employees given notice
विशाल चौतारी समाचार
विराटनगर, २०७४ कात्तिक २९ बुधवार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङद्वारा बुधबार, यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वसनीयतामा वृद्धि हुने र यसबाट विश्वमा नेपालको पत्रकारिताको छवि बढ्ने छ भने ।
सार्वजनिक सरोकारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई सूचना दिएवापत कारबाही भएमा आयोगले सम्बन्धित कार्यालयलाई सचेत गराउनाका साथै कर्मचारीलाई क्षतिपूर्तिको व्यवस्था गरिने विश्वास उनले दिलाए ।
प्रमुख आयुक्तले आयोगले प्रत्येक वर्ष धेरै सूचनाको हक प्रयोग गर्ने पाँच सञ्चारकर्मीलाई रु ३० हजारका दरले पुरस्कृत गर्ने गरेको जानकारीसमेत दिए ।पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेलले जनतालाई सुसूचित गराउन महासंघले आयोगसँग हातेमालो गरी काम गर्ने बताए ।रासस

प्रतिक्रिया