Bisal Chautari Logo

मकवानपुरमा खुकुरीले गर्दनमा हाने तीन जनाको हत्या

- २९ कार्तिक २०७४, बुधबार ०६:३६ मा प्रकाशित


Killing three
विशाल चौतारी समाचार
मकवानपुर २०७४ कात्तिक २९ बुधवार । मकवानपुरमा मंगलबार साँझ एक युवकले खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । ३२ बर्षका सुमन बराइलीले गर्दनमा खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको हो ।
मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन छन् । उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन ।
सीताराम धिताल । हर्नामाडीतिरबाट केही बर्षअघि मात्रै उनी बसाइँ सरेर आएका हुन् । उनी ज्याला मजदुरीका काम गर्थे । उनको घरभन्दा ५० मिटर दुरीमा सुमन बराइलीको घर छ । सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको थियो ।
सुमनलाई केही समय पहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएकाले औषधी पनि खुवाइएको रहेछ । केहीदिनदेखि सुमन घरबाट हराएका थिए । उनलाई खोजेर सोमबार घर ल्याइयो । कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराए र मंगलबार बिहानै फेरि खोजेर ल्याइयो ।
कसरी भयो हत्या ?
मंगलबार साँझ काम सकेपछि सीताराम सुमनको घरमा गएर घरमा बस्नु, काम गर्नु भनेर सम्झाउनु गएका थिए तर सुमन भने चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै थिए । यत्तिकैमा घरको आँगनमा मित सीतारामलाई खुकुरी हाने । मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले
बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे । छोरालाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरे। त्यसपछि नांगो खुकुरी नचाउँदै बाटैबाटो सुमन हिँडे । बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको लुगा अलिकति च्यातियो ।
एकजना बृद्धा जीतबहादुर ब्लोनलाई सुमनले बाटोमा भेट्यो र उनले बाटैमा जीतबहादुरलाई पनि गर्दनमा नै कुकुरी हानि हत्या गरे । सबैजनाले ब्लोनलाई भाग्न भने । तर उनले कान नसुन्ने रहेछन् । उनको आँखा पनि कमजोर रहेछ ।
खुकुरी लिएर प्रहार गर्दै हिँडेका सुमनलाई युवाहरुले पछ्याए । तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे ।
प्रहरी कसरी समाते ?
स्थानीय कसैले घटनाको जानकारी फोनमार्फत प्रहरीलाई गराए । प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल आइपुगे । प्रहरीसहित गाउँले मिलेर सुमनलाई लखेट्न थाले । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोजे ।
घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश मागेपछि गोली चलाउने आदेश दिए पनि गाउँलेले हानेको ढुंगा लागेर सुमन लडे र प्रहरी सुमनलाई समात सफल भए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकालिएको छ । प्रहरी कार्यालयमा सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । उनी भन्छन् “उताबाट आएका मान्छेले मेरो आमाबुवा, बुढी, छोराछोरी सबै मारे” । उता भनेको कता भनेर प्रश्न गर्दा उनी भन्छन् । “गढीमाईबाट मलाई यस्तो आदेश आएको छ”।

प्रतिक्रिया