Bisal Chautari Logo

चार महिनामा २५ फुट लामो सुरुङ खनेर बैंक चोरी

- २९ कार्तिक २०७४, बुधबार ०५:३५ मा प्रकाशित


Stealing 25 feet long tunnel by stealing the bank
एजेन्सी
मुम्बई,२०७४ कात्तिक २९ बुधवार । मुम्बईको बैंक अफ बडौदामा चोरहरुले चार महिना लगाएर २५ फुट लामो सुरुङ खने र शनिबार नगद तथा गरगहाना चोरेर फरार भए ।

                                                                                                      चोरहरुले खनेको सुरुङ

प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खने । अधिकारीहरु भन्छन् चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो ।
आश्चर्यको कुरा त के छ भने चोरहरुले कसैले पनि थाहा नपाउने गरी चार चार महिनासम्मसुरुङ खन्न कसरी सफल भए होलान् ? र, उनीहरुप्रति कसैको शंका पनि भएन । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

                                                                                                    चोरी भएको बैंकको शाखा

सो बैंकमा खाता र लकर खोलेका व्यक्तिहरुलाई मिडियाहरुले कुराकानी पनि गरेका छन् । डाग्डु गवानीले अंग्रेजी अखबर मुम्बई मिररसँग भनेका छन् ‘जिन्दगी भरको मेरो कमाइ बैंकको लकरमा थियो । पुस्तौंदेखि मेरो परिवारमा रहेका गरगहनाहरु थिए । सबै चोरी भयो ।
२२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेका प्रहरीले जनाएको छ । तर चोरहरुको बारेमा अझै पत्ता लागेको छैन । चोहरुले कति चोरे भनेर हिसाब भने अहिलेसम्म आएको छैन ।

 

प्रतिक्रिया